PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शहर सफा गर्ने काठमाडौं महानगरका पाँच ब्रुमरका पाँच रुट यस्तो, मेयर शाक्यले गरे शुरुवात

शहर सफा गर्ने काठमाडौं महानगरका पाँच ब्रुमरका पाँच रुट यस्तो, मेयर शाक्यले गरे शुरुवात

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: शहर सफा गर्न काठमाडौं महानगरपालिकाले इटलीबाट आयात गरिएका ५ वटा आधुनिक ब्रुमर मंगलबारबाट सञ्चालन गरिएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले आज रिबन काटेर ब्रुमरको औपचारिक शुरुवात गरे।

पाँच वटा ब्रुमरका पाँच रुट तय गरिएको छ। डिजेलबाट चल्ने ब्रुमरको मुल्य प्रति गोटा मल्य २ करोड १५ लाख १७ हजार ६ सय ३६ रुपैयाँमा रहेको महानगरले जनाएको छ।

ब्रुमर सञ्चालन हुने रुटहरुः 


रुट नं. १ 
टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड - टेक - त्रिपुरेश्वर - सुन्धारा - नयाँ सडक - जुद्ध सालिक - महाङ्काल - जमल - लाजिम्पाट - शितल निवास - शिक्षण अस्पताल - नारायण गोपाल चोकसम्मको मुल सडक । त्यस्तै जमल - विश्वज्योति - घण्टाघर - भद्रकाली - सहिद गेट हुँदै सुन्धारासम्म। 


रुट नं. २ 
टेकुबाट त्रिपुरेश्वर - थापाथली - माइतीघर मण्डला - बबरमहल - बानेश्वर अन्तरराष्ट्रिय बिमानस्थल सम्म। त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर पेप्सिकोला। पेप्सिकोला चोकबाट कोटेश्वर नयाँ बानेश्वर - बबरमहल - माइतीघर मण्डला - थापाथली - त्रिपुरेश्वर - टेकु - कालीमाटी - बल्खु - कालीमाटीबाट टेकुसम्म। 
रुट नं. ३  
टेकुबाट त्रिपुरेश्वर - सुन्धाराहँदै भोटाहिटी - विश्वज्योति - घण्टाघर - भद्रकाली - सिंहदरवारबाट पुतलीसडकतर्फको सडक। पुतली सडकबाट कमलादी मोड - हात्तीसार - जय नेपाल हल - दरबार मार्ग - कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक। त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीतर्फहुदै केशरमहल चोक - त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक - नारायणहिटीको उत्तर गेट - गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) - सभामुख क्वाटर - राष्ट्र बैक - प्रधानमन्त्री निवास ( वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक। फर्किंदा शितल निवास - पानी पोखरीहुँदै लैनचौर - सोहखट्टे - बालाजु चोक (रिङ्गरोड) - सोहखट्टेबाट - बिष्णुमती लिङ्क रोडको - ईन्द्रायणी – नरदेवी पुलदेखि टेकुसम्मको सडक।


रुट नं. ४. 
टेकुबाट पुतलीसडक - कमलपोखरी - ज्ञानेश्वर - मैतीदेवी - पुरानो बानेश्वर - सिनामंगल - एअरपोर्ट गेट - गौशाला - चावहिल - होटल हायात चुच्चेपाटी - फर्किएर चावहिल - गौशाला - बत्तीसपतली - पुरानो बानेश्वर - मैतीदेवी - डिल्लीबजार - पुतलीसडक - प्रदर्शनी मार्ग - सिंहदरबार - माइतीघर मण्डला - थापाथली - त्रिपुरेश्वर - टेकु। 
रुट नं. ५. 
टेकुबाट त्रिपरेश्वर - पोष्ट अफिस, न्यूरोड गेट - बसन्तपुर - ईन्द्रचोक - न्युरोड - महाङ्काल - जमल - केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग - घण्टाघर - भद्रकाली - यहरवार - माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट - थापागाउँ - 
समय सम्मेलन केन्द्र - त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल - मध्य बानेश्वर - बत्तीस पतली चोक - मैतीदेवी - डिल्लीबजार - बागबजार - प्रदर्शनी मार्ग - भद्रकाली - त्रिपरेश्वर हुँदै टेकु बल्खु, कलङ्कि, सितापाइला, बलाजु, गोंगबु, नारायण गोपाल चोक, चावहिल, ज्ञानेश्वर डिल्लिबजार, बागवजार, पुरानो वस पार्क, त्रिपुरोश्वर, टेकु।



ट्रेन्डिङ पोस्ट

Ncell