PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेप्से घेर्न गएका शेयर लगानीकर्ता प्रहरीको नियन्त्रणमा



नेप्से घेर्न गएका शेयर लगानीकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं: राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से )कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर लगानीकर्ता दबाब समूह मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै शेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्तक्षपविरुद्ध नाराबाजी गरेका थिए। १३ जना शेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका शेयर लगानीकर्ता दबाब समुहका दिपेन्द्र अग्रवालले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गरे। शेयर लगानीकर्ताहरुले  पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell