PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२८ वर्षीय सूर्यालाई लोकसभा निर्वाचनमा उठाउने भाजपाको निर्णय



२८ वर्षीय सूर्यालाई लोकसभा निर्वाचनमा उठाउने भाजपाको निर्णय
फोटो: twitter.com/Tejasvi_Surya

बैंगलुरु : भारतीय जनता पार्टीले अप्रिल ११ बाट हुने लोकसभा निर्वाचनमा दक्षिण बैंगलुरु निर्वाचन क्षेत्रबाट २८ वर्षीय एल एस तेजश्वी सूर्यालाई उठाउने निर्णय गरेको छ।

गए राति पार्टीबाट उम्मेदवारको टुंगो लगाउन बसेको बैठकबाट सूर्याको नाम छनोट गरिएको हो।

भाजपामा भएको 'लेट नाइट ड्रामा'मा बैंगलुरुका प्रख्यात समाजसेवी तेजश्विनी अनन्त कुमारलाई पछि पार्दै सूर्याले नाम पक्का बनाउन सफल भएका हुन्।

कुमारले टिकट नपाएपछि उनका समर्थकहरुले भाजपा कार्यालय बाहिर प्रदर्शन गरेका छन्।

यता, सूर्याले भने आफूलाई मनोनयन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहको प्रशंसा गरेका छन्।

सूर्याको मनोनयनसँगै भाजपाको भोटहरु बाँडिने अनुमान गरिएको छ।

सूर्याविरुद्ध चुनावी मैदानमा कांग्रेसका दिज्जग नेता बि के हरिप्रसाद हुनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell