PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हमास विरुद्ध इजरायलद्वारा गाजा क्षेत्रमा जवाफी आक्रमण



हमास विरुद्ध इजरायलद्वारा गाजा क्षेत्रमा जवाफी आक्रमण
फोटो :AFP

जेरुसलम: इजरायलले हमास समूहलाई लक्षित गर्दै गाजा क्षेत्रमा आक्रमण गरेको छ।

इजरायलले आफ्नो क्षेत्रमा पर्ने तेल अभिभमा रहेको एक घरमा रकेट आक्रमण भएपछि गाजामा जवाफी आक्रमण गरेको बताइएको छ।

इजरायल डिफेन्स फोर्सले आफ्नो ट्वीटरमा हमासले इजरायलको क्षेत्रमा रकेट आक्रमण गरेको दृश्य सार्वजनिक समेत गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तापछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इजरायलका प्रधानमन्त्री बेनजामिन नेतनयाहुले गाजा क्षेत्रमा नियन्त्रण गर्दै आएको हमासले गरेको आफूहरुलाई सह्य नहुने बताएका थिए।

ट्रम्पले पनि उक्त आक्रमणको विरोध गर्दै अमेरिकाले इजरायललाई साथ दिने बताएका थिए।

फोर्सका अनुसार गाजामा हमासका नेता र सैन्य गुप्तचर निकाय रहेको स्थानहरुमा आक्रमण गरिएको छ।

गाजाका स्वाथ्य मन्त्रीले उक्त आक्रमणमा परी सात जना घाइते भएको बताएका छन्।

यता, प्यालेस्टाइनको कुनै समूहले पनि आक्रमणको जिम्मेवारी लिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell