PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस नेता सिटौला अस्पतालबाट 'डिस्चार्ज'



कांग्रेस नेता सिटौला अस्पतालबाट 'डिस्चार्ज'
फोटो: वलदेव तिमल्सिना

काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्जपछि अस्पताल परिवारलाई नेता सिटौलाले धन्यवाद ज्ञापन गरेका छन्।

'मेरो स्वास्थ्य उपचारमा खटेर उपचार गर्नुहुने यस अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,' उनले भनेका छन्।

नेता सिटौला स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान राजधानीस्थित ह्यम्स अस्पतालमा भर्ना भएका थिए।

पेटमा समस्या देखिएपछि उनको आइसीयूमा राखेर उपचार गरिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell