PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

युरो क्वालिफायर : इंग्ल्याण्ड र फ्रान्सको फराकिलो जित, पोर्चुगल रोकियो



पहिलोपोस्ट

युरो क्वालिफायर : इंग्ल्याण्ड र फ्रान्सको फराकिलो जित, पोर्चुगल रोकियो

युरो २०२० क्वालिफायर अन्तर्गत विश्व विजेता फ्रान्स र इंग्ल्याण्डले सहज जित हात पार्दा साविक विजेता पोर्चुगल भने बराबरीमा रोकिएको छ।

रोस बार्कलीले दुई गोल गरेपछि इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ ले पराजित गरेको हो।

इंग्ल्याण्डका लागि बाँकी गोल रहिम स्टर्लिङ, ह्यारी केन र माइकल केनले गरे। लगातार दवस्रो जितपछि इंग्ल्याण्ड समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ। यसै समूहको अर्को खेलमा कोसोभो र बुल्गेरियाले १-१ को बराबरी खेलेका छन्।

 

जिरुड सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा

उता विश्व विजेता फ्रान्सले समूह ए चको खेलमा आइसल्याण्डलाई ४-० ले पराजित गरेको छ।

आइसल्याण्ड विरुद्ध एक गोल गरेपछि जिरुडको फ्रान्सका लागि सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा उक्लेका छन्। उनले ८९ खेलबाट ३५ गोल गरेका छन्। फ्रान्सका लागि सर्वाधिक गोल गर्नेमा थिएर हेनरी (५१) पहिलो र मिचेल प्लाटिनी (४१) दोस्रो स्थानमा छन्।

फ्रान्सका लागि सामुएल उम्टिटि, किलिएन एमबाप्पे र एन्टोनी ग्रीजमनले पनि १-१ गोल गरे। समूह एचमा लगातार दोस्रो जितपछि ६ अंकका साथ फ्रान्स पहिलो स्थानमा छ।

समान ६ अंक भएपनि टर्की गोलअन्तरमा पछाडि छ। टर्कीले पनि मोल्डोभालाई ४-० ले पराजित गरेको छ।

यस्तै अल्वानियाले एन्डोरलाई ३-० ले पराजित गर्दै पहिलो ३ अंक जोडेको छ।

 

पोर्चुगलको बराबरी, रोनाल्डोलाई चोट

सन् २०१६ को युरो विजेता पोर्चुगल सर्वियासँग बराबरीमा रोकिँदा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएका छन्।

घरेलु मैदानमा एक गोलले पछि परेर पनि पुनरगामन गर्दै पोर्चुगलले सर्वियासँग १-१ को बराबरी खेलेको हो। सर्वयाका लागि डसान टाडिकले गोल गर्दै अग्रता दिलाएका थिए भने पोर्चुगलका लागि डानिलो परेइराले बराबरी गोल फर्काएका थिए।

दुवै गोल पहिलो हाफमै भएको हो। तर रोनाल्डो ३०औँ मिनेटमा घाइते भएपछि मैदान छाड्न बाध्य भएका थिए।

समूह बी मा पोर्चुगलको यो लगातार दोस्रो बराबरी हो र २ अंकका साथ तेस्रो स्थानमा छ। पोर्गुगलले पहिलो खेलमा युक्रनेसँग गोलरहित बराबरी खेलेको थियो।

उता युक्रेन भने दोस्रो खेलमा लक्जेमवर्गलाई २-१ ले पारजित गर्दै ४ अंक जोडेको समूहको शीर्ष स्थानमा छ। हारका वावजुत पनि ३ अंक जोडेको लक्जेमवर्ग दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell