PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पेनाल्टीमा गोल हुनु दुर्भाग्य, सेटपिस र फरवार्डमा कमजोर भयौँ : योहान कलिन



पहिलोपोस्ट

पेनाल्टीमा गोल हुनु दुर्भाग्य, सेटपिस र फरवार्डमा कमजोर भयौँ : योहान कलिन
FILE PHOTO

काठमाडौँ : कुवेतसँग दोस्रो मैत्रीपूर्ण फुटबलमा पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक योहान कलिनले पेनाल्टीमा गोल खानु दुर्भाग्य भएको बताएका छन्।

पहिलो खेलमा कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको नेपाल सोमबार भएको दोस्रो खेलमा भने १-० ले पराजित भयो।

पहिलो हाफमा खाएको पेनाल्टी गोल नै नेपालको हारको कारण बन्यो।

प्रशिक्षक कलिनले नेपालले राम्रो खेलेपनि पेनाल्टी गोल खानु दुर्भाग्य भएको प्रतिक्रिया दिए। 'हामीले राम्रो खेल्यौँ, दुर्भाग्य पेनाल्टीमा गोल भयो। समग्रमा हामीले कुवेतलाई कडा टक्कर दियौं।'

कलिनले नेपालको प्रशिक्षण सम्हालेपछि नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्दा एकमा बराबरी गर्‍यो र एकमा हार बेहोर्‍यो। कलिनको कुवेत टुरबाट टिमको कमजोरीको बारेमा पत्ता लगाउन सजिलो भएको बताए।

'यो मैत्रीपूर्ण खेल हाम्रो कमजोरी पत्ता लगाउन ठुलो सहयोग भयो।'  

'हामी सेटपिस र फरवार्डमा केही कमजोर भयौं।' स्वीडिस कलिनले भने। कलिनले दोस्रो खेलमा नियमित फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा डेब्यु ब्वाए आशिष लामा र विमल रानालाई खेलाएङ्का थिए। दोस्रो हाफमा भरत र नवयुगलाई मैदान प्रवेश गराएपनि नेपालले गोल फर्काउन सकेन।

कलिनले पहिलो खेलमा पाँच खेलाडीलाई डेब्यु गराएका थिए। दोस्रो खेलमा भने एक खेलाडीलाई डेब्यु गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell