PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विप्लवलाई चैतमै पक्रने भनी प्रधानमन्त्रीको अभिव्यक्ति आएकै दिन प्रतिबन्धित नेकपाको आन्दोलन घोषणा



विप्लवलाई चैतमै पक्रने भनी प्रधानमन्त्रीको अभिव्यक्ति आएकै दिन प्रतिबन्धित नेकपाको आन्दोलन घोषणा

काठमाडौं: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सरकारले आफ्ना नेता कार्यकर्ताको धरपकड गरेको विरोधमा चैत १३ देखि २४ गतेसम्म संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।

आज पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संघर्षका कार्यक्रमसहितको विज्ञप्ति जारी गरेको हो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विप्लवलाई चैतभित्रै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए। 

विज्ञप्तिमा भनिएको छ, 'सरकारले हाम्रो पार्टीका स्थायी समिति सदस्य एवं मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ। केपी वली सरकारको यो फासीवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनकाविरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार' आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

नेकपाले चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने कार्यक्रम राखेको छ।

 

सम्बन्धित समाचार

मोरङबाट विप्लवका दुई नेता पक्राउ: प्रहरीले सार्वजनिक गर्न चाहेन वास्तविकता

प्रतिबन्धित नेकपाका भेरीकर्णाली इन्चार्ज धनराज शाही पक्राउ

विप्लवलाई चैत महिनाभित्रै नियन्त्रण गर्ने प्रधानमन्त्रीको दाबी: ‘कमरेडहरु डराउन पर्दैन’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell