PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु



मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

दाङ: मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए। 

कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनले बताए। 

दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell