PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री ओली सीके राउतका प्रवक्ता: राजेन्द्र महतो



प्रधानमन्त्री ओली सीके राउतका प्रवक्ता: राजेन्द्र महतो

काठमाडौं: राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन्। 

नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दाबीसमेत गरे। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महतोले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझि दिन पनि सबैलाई आग्रह गरे। 

नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टीकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको उल्लेख गर्दै आपत्ति पनि जनाए।

नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टीकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell