PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विप्लवलाई चैत महिनाभित्रै नियन्त्रण गर्ने प्रधानमन्त्रीको दाबी: ‘कमरेडहरु डराउन पर्दैन’



बीपी साह

विप्लवलाई चैत महिनाभित्रै नियन्त्रण गर्ने प्रधानमन्त्रीको दाबी: ‘कमरेडहरु डराउन पर्दैन’
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लवलाई समात्ने दाबी गरेका छन्।

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका नेताहरु पक्राउ गर्न थालिएको बताउँदै प्रधानमन्त्री ओलीले चैतभित्र नै नेत्रविक्रम चन्द विप्लव खोरमा हुने दाबी गरेका छन्।

सत्तारुढ नेकपाको आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘विप्लव समूहका धेरै नेता कार्यकर्ताहरु नियन्त्रणमा आइसकेका छन्। चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछ।’

‘हाम्रा कमरेडहरुको हत्याको प्रपञ्च रच्नेहरु त्यसै कहाँ घुम्न पाउँछन्?’ प्रधानमन्त्री ओलीले भने,‘कमरेडहरु ढुक्क भए हुन्छ। विप्लवलाई नियन्त्रणमा ल्याएर सुधार गर्छौ।’

पृथकताबादी नेता वैज्ञानिक सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएर विखण्डनबाद समाप्त भएको सांसदहरुलाई प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए।

पार्टी एकीकरणमा भइरहेको ढिलाईका विषयमा पनि प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका थिए। 

‘पार्टी एकीकरणमा ढिलाई हुँदा हामीलाई पिरोल्नु पर्ने हो तर प्रतिपक्षी दललाई किन चिन्ता लागेको छ?’ ओलीले भने,‘चाँडै एकीकरण प्रक्रिया टुँगिने छ। तपाईहरु जिल्लामा गएर उत्साह ल्याउनुस्। नबुझेको कुरा बुझाउनुस्।’

नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा संसदीय दलको बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell