PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संवैधानिक परिषद्को बैठक बस्दै, विभिन्न आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्ने



संवैधानिक परिषद्को बैठक बस्दै, विभिन्न आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्ने

काठमाडौं: निर्वाचन आयोगको प्रमुख आयुक्त पद खाली भएसँगै संवैधानिक परिषद्को बैठक बस्दै छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सोमबार अवकाश लिएका थिए।

निर्वाचन आयोगको प्रमुख आयुक्त तथा संवैधानिक आयोगका अध्यक्षहरूको सिफारिसका लागि परिषद्को बैठक दिउँसो ३ बजेबाट बस्न लागेको सभामुख कृष्णबहादुर महराको सचिवालयले जनाएको छ।

यसै गरी हालै अध्यक्ष पाएका पाँच वटा संवैधानिक आयोगका सदस्यहरूको पनि सिफारिस गर्ने तयारी भएको छ। महिला, दलित, मुस्लिम र आदिवासी जनजाति आयोगका अध्यक्षहरूको पनि सिफारिस हुन सक्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell