दीपिका पादुकोणले निर्माण गर्ने फिल्मको शीर्षक तय गरिएको छ। एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जिवनमा आधारित फिल्मको नाम 'छपाक' राखिएको छ।
मुम्बईमा छायाँकन थाल्दै निर्माण टिमले फिल्मको फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेका छन्। फस्ट लुकमा दीपिकाको अनुहार पुरै जलेको देख्न सकिन्छ। उनको यो अवतारलाई लिएर बलिउडमा चर्चा सुरु भएको छ।
उनी फिल्ममा मालतीको भूमिकामा देखिँदैछिन्। 'राजी' निर्देशक मेघ्ना गुल्जारले फिल्मलाई निर्देशन गर्दैछिन्। दीपिका पहिलो पटक यसै फिल्म मार्फत निर्माणमा पनि डेब्यू गर्दैछिन्। दीपिकाको पछिल्लो फिल्म 'पद्मावत' थियो।