PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जापानमा नेपाली कामदार पठाउन श्रमिक आपूर्ति सहकार्यको समझदारी पत्रमा हस्ताक्षर हुँदै



जापानमा नेपाली कामदार पठाउन श्रमिक आपूर्ति सहकार्यको समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं: नेपाल र जापान सरकारबीच जापानमा नेपाली कामदार पठाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। 
दुई देशका प्रतिनिधिहरूले आज ललितपुरस्थित होटेल हिमालयमा एक कार्यक्रमका बिच कामदार साझेदारीसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्दै छन्। 

सरकारले नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी पत्र (मेमोरेन्डम अफ कोअपरेसन)मा हस्ताक्षर गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको थियो। सोही अनुसार नेपालका तर्फबाट सचिव दाहालले सहमति पत्रमा हस्ताक्षर गर्दै छन्। 

सहमति पत्रमा हस्ताक्षर गर्न जापानी टोली नेपाल आएको छ।  

पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेश मन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो। 

दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्र मन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो। 

जापानले त्यहाँको सांसदबाट कामदार भर्ना सम्बन्धी नयाँ कानुन पारित गरेको छ। उसले नेपाललाई कामदारको स्रोत देशकोरुपमासमेत राखेको छ। 

चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell