PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर : कतारसँग नेपाल ५-० ले पराजित



पहिलोपोस्ट

एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर : कतारसँग नेपाल ५-० ले पराजित
photo: qatar football association

काठमाडौं : कतारमा भइरहेको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायरको दोस्रोखेलमा नेपाल कतारसँग पराजित भएको छ।

आइतबार भएको खेलमा नेपाल घरेलु टोली कतारसाग ५-० ले पराजित भएको हो।

दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारलाई जिताउन कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई-दुई गोल गरे। नेपालका दिनेश राजवंशीले एक आत्मघाती गोल उपहार दिए।

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १-०  ले पराजित भएको थियो। लगातार दोस्रो हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ।

नेपालले अब अफगानिस्तानसँग अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पनि आइतवार ओमानसँग २-१ ले पराजित भएपछि लगातार दुई खेल हार्दै बाहिरिएको छ।

अब कतार र ओमानबीचको खेलको विजेता यस समूहबाट थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell