PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल : नितिश रानाको अर्धशतक र रसेलको आक्रमक ब्याटिङ, कोलकताको शानदार जित



पहिलोपोस्ट

आइपीएल : नितिश रानाको अर्धशतक र रसेलको आक्रमक ब्याटिङ, कोलकताको शानदार जित
आन्द्रे रसेल

काठमाडौँ : कोलकता नाइट राइडर्स केकेआरले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा विजयी सुरुवात गरेको छ।

नितिश राना, आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङ र शुभमन गिलको 'लेट केमियो' को मद्दतमा केकआरले सनराइजर्स हैदरवादलाई ६ विकेटले पराजित गरेको हो। डेविड वार्नरले आइपीएल कमब्याकको पहिलो खेलमै उत्कृष्ट ब्याटिङ गर्दै ८५ रन बनाएपनि हैदरावादलाई जिताउन पर्याप्त भएन।

रसेलले आक्रमक ब्याटिङ गर्दै १९ बलमा नटआउट ४९ रन बनाएपछि केकेआरले १८२ रनको लक्ष्य दुई बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो।

कमजोर सुरुवात गरेको केकेआरको लागि आन्दरे रसेल र शुभमन गिलले अन्तिम २५ बलमा ६५ रनको साझेदारी गरेका थिए।

त्यसअघि नितिश रानाले ६८ रनको योगदान गर्दै केकेआरको इनिङ्स उकासेका थिए। दोस्रो ओभरमा क्रिस लिनलाई गुमाएको केकेआरको लागि रानाले रोविन उथापासँग मिलेर तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरे।

रानाले ४७ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। उथापाले २७ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाए। कप्तान दिनेश कार्तिक २ रन बनाएर आउट भएपछि केकेआर १५.३ ओभरमा ११८-४ को अवस्थामा थियो। तर रसेलले शानदार ब्याटिङ गरेपछि केकेआरले खेल जित्यो। १९ बल खेलेका रसेलले ४ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ४९ रन बनाए। गिलले १० बलमा २ छक्कासहित नटआउट १८ रन जोडे। उनले अन्तिम ओभरमा १३ रन आवश्यक रहेको बेला २ छक्का प्रहार गर्दै जित पक्का गरे।

त्यसअघि १९औँ ओभरमा रसेसलले भुवनेश्वर कुमारलाई २ चौका र २ छक्का सहित २१ रन प्रहार गरेका थिए। हैदरावादका लागि सबैभन्दा किफायती बलर सावित भएका रसिद खानले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।

त्यसअघि केकेआरले घरेलु मैदान एडेन गार्डेनमा टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले वार्नरको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १८१ रन बनाएको थियो। वार्नरले जोनी ब्रेस्ट्वोसँग पहिलो विकेटका लागि १२.५ ओभरमा ११८ रनको साझेदारी गर्दै शानदार सुरुवात दिलाएका थिए।

जोनी ब्रेस्ट्वो ३९ रन बनाएर आउट भएपछि केकेआरले खेलमा कमब्याक गरेको थियो।

हैदरावादलका लागि वार्नरले ५३ बल खेल्दै ९ चौका र ३ छक्काको मद्दतमा ८५ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङ गरेका विजय शंकरले २४ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट ४० रन बनाए।

केकेआरका लागि रसेलले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell