PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचारका लागि कलेज धाउँदै सलिनमान बनियाँ



पहिलोपोस्ट

प्रचारका लागि कलेज धाउँदै सलिनमान बनियाँ

काठमाडौं:  फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारका लागि निर्माण टिमको भागदौड सुरु हुन्छ।

अभिनेता सलिनमान बनियाँको पनि व्यस्तता बढेको छ। उनी फिल्मको प्रचारका लागि विभिन्न कार्यक्रम अनि कलेज पुगेर  फिल्मको प्रचार  गर्छन्। 'ए मेरो हजुर २'बाट फिल्ममा डेब्यू गरेका सलिनमानको नयाँ फिल्म  'यात्रा : अ म्यूजिकल भ्लग' चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

फिल्मको प्रचार गर्न अभिनेता सलिन हात्तीवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगे। कलेजले आयोजना गरेको 'एलए कल्चर फेस्ट २०१९' कार्यक्रममा सलिनसहित डेब्यू कलाकार मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेतलायतले नृत्यसमेत प्रस्तुत गरे।

विवादमा  रहेको फिल्मको 'चट्ट रुमाल क्यामालुम'बोलको गीतमा उनीहरुले नृत्य प्रस्तुत गरेका थिए। 

फिल्ममा सलिन भ्लगरको रुपममा देखिँदैछन्। सम्राट शाक्यले निर्देशन गरेको फिल्ममा अन्य कलाकार जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवरको पनि अभिनय छ।

फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell