PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालमा हुने भनिएको 'जी सिने अवार्ड' भारतमै सम्पन्न, केशव भट्टराई भन्छन् : प्रस्ताव आएको थियो



पहिलोपोस्ट

नेपालमा हुने भनिएको 'जी सिने अवार्ड' भारतमै सम्पन्न, केशव भट्टराई भन्छन् : प्रस्ताव आएको थियो

काठमाडौं:  नेपालमा आयोजना गर्ने भनिएको भारतीय टेलिभिजन जीटिभीको  'जी सिने अवार्ड २०१९' भारतमा सम्पन्न भइक्यो। गत साउन महिनामा जी टेलिभिजन प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रम निवास बालुवाटारमा भेट वार्ता हुँदा अवार्ड गर्ने कुरा बाहिरिएको थियो।

डिसेम्बरमा गर्ने भनिएको अवार्ड कार्यक्रम नेपालमा हुन सकेन, आखिर के कारणले रोक्यो त?

प्रम निवासको भेटमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी रहेका कलाकार एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यस विषयमा सरकारले कुनै आधिकारीक जानकारी नदिएको बताए।

उनले भने 'अवार्डकै लागि भनेर डेलिगेट्स आउनु भएको थिएन। उहाँहरुको अन्य राष्ट्रिय भेटको उद्देश्य पनि थियो। त्यो उद्देश्यमा हामी साथमा थियौं। जी सिने अवार्डको कुरा किन अघि बढेन। हामीले व्यक्तिगत रुपमा गरेको कुरा होइन, सरकारले गरेको कुरा हो।'

वार्ता टोलीमा जीटिभीका सुभाष चन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी चेयरम्यान तथा जी टिभी नेटवर्ककी संस्थापक/अभिनेत्री जया प्रदा सहभागी थिए।

भट्टराईका अनुसार जीटिभी प्रमुख नै नेपालमा अवार्ड गर्न इच्छुक थिए। 'त्यो भिजिटमा जी टिभीको मालिक आफैले अवार्ड नेपालमा गर्ने चाहनु भएको थियो। त्यस विषयमा छलफल त भएको हो। प्रस्ताव त आएको हो त्यसपछि सरकारले के गर्‍यो यस विषयमा मलाई आधिकारिक जानकारी छैन,' उनले सुनाए।

अध्यक्ष केशवसँगै उक्त भेटमा कलाकारहरू निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, प्रदेश सभा सदस्य तथा गायिका कोमल वली, गीतकार शम्भुजित बास्कोटा, निर्देशक दिनेश डिसीलगायत उपस्थित थिए। मुम्बईमा सम्पन्न अवार्डमा भने संजयलीला भन्सालीको 'पद्मावद' र राजकुमार हिरानी निर्देशित 'सन्जु'को वर्चस्व थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell