PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'मेरी बास्सै'बाट बाहिरिए बल्छी धुर्बे र राजु मास्टर



पहिलोपोस्ट

'मेरी बास्सै'बाट बाहिरिए बल्छी धुर्बे र राजु मास्टर

काठमाडौं :  हाँस्य टेलिश्रृङ्खला 'मेरी बास्सै'बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्।

निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति हुन नसक्दा 'मेरी बास्सै'बाट अलग भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्ने बुढा)ले टेलिश्रृङ्खला छोडेसँगै यिनै दुईले दर्शक हसाउँदै आएका थिए। टेलिश्रृङ्खला निर्देशन एवं लेखनमा सक्रिय दुवैजना अबको ५९५ भागमा देखिने छैनन्।

दुवै जना अब नयाँ टेलिश्रृङ्खलामा देखिने चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell