PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिल्म प्रचारको नयाँ शैली



पहिलोपोस्ट

फिल्म प्रचारको नयाँ शैली

काठमाडौं :  'लभ स्टेशन' टिमले फिल्म प्रचारको भिन्नै शैली अपनाएको छ। प्रदर्शनको संघारमा रहेको फिल्मको निर्माण टिम अहिले आर्थिक सहयोग गर्न सक्रिय देखिन्छ।

हालै फिल्मका निर्माता गोविन्द शाही, अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई १ लाख नगद सहयोग प्रदान गरेका थिए।

अहिले भने यही टिमले ४५ जना अनाथ बालिबालिकालाई नीजि विद्यालयमा पढाउन लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन्।

गोकर्णस्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित बालबालिकालाई टिमले सहयोग गरेको हो। समाज सेवा गर्दै टिमले फिल्मको प्रचार गरेका छन्। लभ स्टोरी विधामा बनेको फिल्म भने चैत २२ गते प्रदर्शनमा आउने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell