PahiloPost

Sep 19, 2019 | २ असोज २०७६


कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार, यस्तो छ 'हेल्थ अपडेट'


कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार, यस्तो छ 'हेल्थ अपडेट'
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको छ।

नेता सिटौला स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान राजधानीस्थित ह्यम्स अस्पतालमा भर्ना भएका हुन्।

अस्पतालले आज नेता सिटौलाको स्वास्थ्यबारे विज्ञप्ति निकाल्दै भनेको छ, 'आन्द्राबाट भएको रक्तश्राव र त्यसबाट उत्पन्न रक्तअल्पताको उपचार आइसीयूमा राखेर हुँदैछ। उहाँको स्वास्थ्यमा अहिले क्रमिक सुधार छ।'

आजै सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको उनका स्वकीय सचिव प्रेम भट्टराईले जानकारी दिए।



कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार, यस्तो छ 'हेल्थ अपडेट' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट