PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संघीय संसदको अधिवेशन आजबाट अन्त्य हुँदै : प्रधानमन्त्रीले सम्बोधन गर्ने



पहिलोपोस्ट

संघीय संसदको अधिवेशन आजबाट अन्त्य हुँदै : प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं : संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य हुँदैछ। अधिवेशनको अन्त्य हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने तयारी पनि भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएकाे छ। तर, सभामुख कृष्णबहादुर महराको सचिवालयले प्रधानमन्त्री कार्यालयबाट हालसम्म पत्र प्राप्त नभएको जानकारी दिएका छन्।

संसदमा उठाइएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन्।

पुस ११ गते सुरु भएको चालू (हिउँदे) अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ।

यस अधिवेशनमा प्रतिनिधि सभामा २३ वटा विधेयक दर्ता भएका थिए। 

संविधानसँग बाझिने सम्पूर्ण ऐनहरुको संशोधन गर्ने लगायतका कानून पनि यसअघिवेशनबाट बनाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell