PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइपीएल : विराटको टिमलाई धोनीको टिमले हरायो



पहिलोपोस्ट

आइपीएल : विराटको टिमलाई धोनीको टिमले हरायो

इन्डियन प्रिमियर लिग आइपीएल को १२औँ संस्करणको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको टिमले विराट कोहलीको टिमलाई पराजित गरेको छ।

साविक विजेता धोनीको चेन्नाईले विराटको रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो।

बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नाईका लागि अम्बाटी राएडुले २८ र सुरेश रैनाले १९ रन बनाए। केदार जादबले नटआउट १३ रन जोडे।

त्यसअघि चेन्नाईको घरेलु मैदान एमए चिदम्बरममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७.१ ओभरमा ७० रनमा अलआउट भएको थियो। चेन्नाईको स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि बैंगलोर कम स्कोरमा अलआउट भएको हो। बैंगलोरका लागि ओपनर पार्थिव पटेलले २९ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

चेन्नाईका इमरान ताहिरले ४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चेर ३ विकेट विकेट लिए। हर्भजन सिंहले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यस्तै रविन्द्र जडेजाले २ र ड्वाने ब्राभोले १ विकेट लिए।

आइपीएलमा आज दुई खेल हुँदैछ। पहिलो खेलमा सवा ४ बजे कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद तथा राती सवा ८ बजे दोस्रो खेलमा मुम्बई इन्डियन्स र नेपालका स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell