PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देउवा इतरका कांग्रेसका तीन शीर्ष नेता जिल्ला दौडाहामा: पौडेल र सिंह पूर्वतिर, महामन्त्री कोइराला पश्चिमतिर



देउवा इतरका कांग्रेसका तीन शीर्ष नेता जिल्ला दौडाहामा: पौडेल र सिंह पूर्वतिर, महामन्त्री कोइराला पश्चिमतिर

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् । सभापति शेरबहादुर देउवा इतरका मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह देश दौडाहमा निस्किएका हुन् ।

वरिष्ठ नेता पौडेल चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्कएका हुन् । उनका साथमा केन्द्रीय सदस्य चन्द्र भण्डारी,गगन थापा पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् । उनीहरु सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागी हुनेछन् । 

पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने ।  चैत १० गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  चैत ११ गते सर्लाहीमै हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने र सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर जाने छन् । १३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ ।

यसैगरी महामन्त्री डा शशांक कोइराला आजबाट पश्चिम नेपालको भ्रमणमा निस्केका छन् । महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका हुन । कोइराला आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । चैत्र ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव भरत तिवारीले जानकारी दिए । महामन्त्री कोइराला बाँकेपछि दाङ जाने कार्यक्रम रहेको छ । कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । १६ गते गुल्मी पुग्ने कार्यक्रम रहेका उनी १७ गते काठमाडौं फर्कने छन् । कोइरालाका साथमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् ।

यता पूर्व महामन्त्री प्रकाशमान सिंह आजबाट देश दौडाहामा निस्किने भएका छन् ।   नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङको भ्रमणमा जाने उनका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार चैत्र १० गते नेपाली काँग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । यस्तै सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell