PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसइई परीक्षा सुरु, ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदै



एसइई परीक्षा सुरु, ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदै

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा सुरु भएको छ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षामा सहभागी हुन परीक्षार्थीहरु आफ्नो प्रवेश पत्र सहित परीक्षा केन्द्रमा पुगेका थिए।  

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार संचालन भएको हो। यस परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन्।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन्। परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन्। त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन्।

यसपटक अभिनेत्री करिश्मा मानन्धरले पनि एसइई परीक्षा दिइरहेकी छिन्। परीक्षाका लागि यनी बिहानै  डिल्लीबजार स्थित विजय स्मारक विद्यालय पुगेकी थिइन्। परीक्षा केन्द्र पुगेकी उनले आफूले राम्रो तयारी गरेको भन्दै  विद्यार्थीलाई तनाव नलिइ परीक्षा दिन आग्रह गरिन्। 

एसइई परीक्षा आगामी २१ गतेसम्म सञ्चालन हुने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell