PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पूर्व प्रम खनालको एल्बम सार्वजनिक गर्दै प्रम ओलीले भने: जन्मँदै जन्तरे झलनाथजीको गीतहरु राम्रै होला



पूर्व प्रम खनालको एल्बम सार्वजनिक गर्दै प्रम ओलीले भने: जन्मँदै जन्तरे झलनाथजीको गीतहरु राम्रै होला

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन्।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको गीती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए। “हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ,” प्रधानमन्त्री ओलीले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।”

प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औसत सुखमा विस्वास नगर्ने बताए। “हामी औसतमा प्रतिव्यक्ति आय बढ्यो, औसतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौ” प्रधानमन्त्री ओलीले भने, “हरेक व्यक्तिले महसुस गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं। सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ।”

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री  भइसक्नु भएका नेता खनालको सृर्जनसिलताको प्रशंसा गरे। “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यती राम्रो सृजना गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले भने “ वहाँको सृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ।”

कार्यक्रमको शुरुमा प्रम ओलीले भाग एक नै राम्रो भएको उल्लेख गर्दै भाग दुई अझै राम्रो हुनेमा आफू विश्वस्त रहेको बताएका थिए। भने, 'उहाँ जन्मँदै जन्तरे। भाग १ का गीत धेरै राम्रा थिए। भाग २ झन् कति राम्रो होला?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell