PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्नसक्ने विधेयक कांग्रेसलाई स्विकार्य हुँदैन: शेखर कोइराला



प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्नसक्ने विधेयक कांग्रेसलाई स्विकार्य हुँदैन: शेखर कोइराला

चितवन: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने कुरा उल्लेख गरी ल्याउन लागेको विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा नस्विकार्ने बताएका छन्। 

नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितीले चितवनको टाँडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रम कोइरालाले यो बिधेयकले नेपाली सेनाको मनोबल घटाएको दाबीसमेत गरे।

डा कोइरालाले भने, "प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्ने विधयक विधेयक जुन दिन पास हुन्छ त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्छ। लोकतन्त्र बिरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्विकार्न सकिन्न।"

कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफु मातहत राखेको आरोप लगाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell