स्टार खेलाडी लिओनेल मेसीले गत वर्ष रसियामा भएको विश्वकपपछि पहिलो पटक राष्ट्रिय टिमका खेल्दा अर्जेन्टिना पराजित भएको छ।
मेसीको कप्तानीमा खेलेको अर्जेन्टना दक्षिण अमेरिकाकै भेनेजुएलासँग ३-१ ले पराजित भएको हो। तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दीको रुपमा रहेको भेनजुएलाका लागि सालोमन रान्डोनले खेलको छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
जोन मुरिलोले ४४औँ मिनेटमा गोल गरेपछि भेनेजुएलाले पहिलो हाफमै २-० को अग्रता बनायो।
५९औँ मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गरेपछि खेल २-१ को अवस्थामा पुगेको थियो।
७६औँ मिनेटमा जोसेफ मार्टिनेजले भेनेजुएलाका लागि तेस्रो गोल गरे।
गत जुन-जुलाईमा रसियामा भएको विश्कपमा फ्रान्ससँग हारेपछि मेसीले अर्जेन्टनाका लागि ६ खेल खेलेका थिएनन्।
३१ वर्षीय मेसीको कमब्याक सुदख हुन सकेन। यस्तै ग्रोइनमा समस्या देखिएका मेसीले अर्को खेल समेत नखेल्ने भएका छन्। उनले मोरोक्को विरुद्धको खेल खेल्न नसक्ने भएका हुन्।