PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रियालिटी शो नेपाल लोक स्टारको बजार प्रवर्द्धनको जिम्मा एडप्याडलाई



रियालिटी शो नेपाल लोक स्टारको बजार प्रवर्द्धनको जिम्मा एडप्याडलाई

काठमाडौं: चाहना मिडिया प्रालिको नेपाल लोक स्टारको प्रचारप्रसारको जिम्मा एडप्याड प्रालिले पाएको छ।

लोक स्टारको बजार प्रवर्द्धन तथा प्रचारप्रसारका लागि एडप्याड र चाहना मिडियाबीच बिहीबार सम्झौता भएको कम्पनीले जनायो।

'एडप्याडले नेपाल लोक स्टारलाई प्रचार तथा बिक्री वितरणका लागि आधिकारिक एजेन्सीका रुपमा एडप्याडको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहना मिडियाको तर्फबाट अध्यक्ष सहदेव कोइरालाबीच सम्झौतामा हस्ताक्षर भयो,' कम्पनीले भनेको छ।

नेपाल लोक स्टार रियालिटी शो लोक प्रतिभालाई उजागर गर्ने चौतारी हो। कार्यक्रमको निर्णायक मण्डलमा जयनन्द लामा, बिबि अनुरागी, रामजी खाण र सुनिता दुलाल छन् भने शुभेक्ष्य खड्का र अशोक धिताल प्रस्तोता छन्। कार्यक्रम जेठ २५ बाट एपीवान टेलिभिजनबाट प्रसारण हुने छ। विजेतामध्ये पहिलोलाई ५० लाख, दोस्रोलाई २५ लाख, र तेस्रो हुनेलाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell