PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पश्चिमपछि पूर्व भ्रमणमा निस्किए कांग्रेस वरिष्ठ नेता पौडेल 



पश्चिमपछि पूर्व भ्रमणमा निस्किए कांग्रेस वरिष्ठ नेता पौडेल 
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पश्चिमका जिल्लाको एक साता लामो भ्रमण सकेलगत्तै पूर्वका जिल्लाको भ्रमणमा निस्केका छन्। पौडेल आजैबाट पूर्वी नेपालको भ्रमणमा निस्केका हुन्।

सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा पार्टीको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भइसकेको छ। 

पौडेल चैतको १३ गतेसम्म पूर्वका जिल्ला भ्रमणमा जाने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। वरिष्ठ नेता पौडेल चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने, १० गते कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभामा सहभागी हुनुका साथै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै वरिष्ठ नेता पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। 
वरिष्ठ नेता पौडेल चैत १२ गते कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर पुग्ने कार्यक्रम छ। 

१३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell