PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तेलुगु सिनेमाका 'सरदार गब्बर सिंह' विधान सभामा भिड्दै



तेलुगु सिनेमाका 'सरदार गब्बर सिंह' विधान सभामा भिड्दै
फोटो: एएनआइ

विशाखापटनम: भारतको तेलगु सिनेमाका अभिनेता पवन कल्याणले आन्ध्र प्रदेश विधान सभामा निर्वाचन लड्ने भएका छन्।

जनसेना पार्टीका अध्यक्षसमेत रहेका कल्याणले आज विशाखापटनममा गजुवाका विधानसभा क्षेत्रबाट मनोनयन दर्ता गराएका हुन्।

४७ वर्षीय कल्याणले भीमावरम विधानसभामा क्षेत्रबाट पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइएको छ।

 

२००८ मा प्रजा रज्यम पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनले सन् २०१४ मा आफै जनसेना पार्टी गठन गरेका थिए।

उनलाई कांग्रेस विरोधी नेताका रुपमा लिइन्छ। उनले 'कांग्रेस हटाओ देश बचाओ' अभियानमा सक्रिय सहभागिता जनाएका थिए।

२०१७ मा उनले आफू पूर्णकालिन राजनीतिमा लाग्ने घोषणा गरेका थिए।  

आजैबाट कल्याणले निर्वाचन अभियान सुरु गरेको बताइएको छ।

२०१२ मा प्रदर्शनमा आएको फिल्म 'गब्बर सिंह' मा उनले अभिनय गरेको गब्बर सिंहको भूमिका निकै चर्चित बनेको थियो। सोही फिल्मबाट उनले धेरै अवार्डहरु समेत जितेका थिए। उनले 'गब्बर सिंह' को सिक्वेल सरदार गब्बर सिंहमा समेत मुख्य भूमिका निर्वाह गरेका थिए।    

आन्ध्र प्रदेश विधान सभाको निर्वाचन अप्रिल ११ मा हुँदैछ। सोही दिनबाट भारतमा लोकसभा निर्वाचन पनि सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell