PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोदीको जीवनमा आधारित बायोपिकको ट्रेलर सार्वजनिक, लोकसभा निर्वाचन अघि प्रदर्शनमा आउने



पहिलोपोस्ट

मोदीको जीवनमा आधारित बायोपिकको ट्रेलर सार्वजनिक, लोकसभा निर्वाचन अघि प्रदर्शनमा आउने

भारतको लोकसभा निर्वाचनअघि प्रदर्शनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक 'पीएम नरेन्द्र मोदी'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मोदीलाई राजनेताका रुपमा प्रस्तुत गरिएको छ। विवेक ओवरोय फिल्ममा मोदीको भूमिकामा देखिएका छन्।

ट्रेलरमा मोदीको बाल्यकाल, इन्दिरा गान्धीविरुद्धको आन्दोलन, संघ कार्यकर्ताको भूमिका, गुजरातका मुख्यमन्त्री हुँदाका झलक समेटिएका छन्।

फिल्ममा मोदीले 'चियावाला' बाट  भारतको प्रधानमन्त्री बन्न गरेको संघर्ष समेटिएको बताइएको छ। यद्यपि, ट्रेलरमा मोदीबारे देखाइएका सबै कुराहरु पहिल्यै सार्वजनिक भएको भन्दै ट्रेलर कमजोर रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन्। विवेक ओवरोयको अभिनयलाई समेत क्रिटिक्सहरुले खासै मन पराएका छैनन्।

फिल्म भारतमा हुने लोकसभा निर्वाचन लक्षित गर्दै अप्रिल ५ मा रिलिज गर्ने बताइएको छ। पहिला उक्त फिल्म अप्रिल १२ मा प्रदर्शन हुने बताइएको थियो। अप्रिल ११ देखि भने लोकसभा निर्वाचन हुँदैछ। त्यसैले निर्वाचनको सेरोफेरोमा फिल्म रिलिज हुने भएकाले विपक्षीहरुले त्यसको विरोध गरेका छन्।

भारतीय कांग्रेसले निर्वाचनलाई प्रभावित पार्न निर्वाचनको समयमा फिल्म रिलिज गर्न लागेको आरोप लगाएको छ।

यसअघि भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको बायोपिक रिलिज भइसकेको छ। यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको बायोपिक पनि छायाँकनको क्रममा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell