PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट आज पनि हिरासतमा, शुक्रबार पनि थुनछेक बहस हुने



एम बम

निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट आज पनि हिरासतमा, शुक्रबार पनि थुनछेक बहस हुने

कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्ट बुधबार पनि प्रहरी हिरासतमै रहने भएका छन्।  

मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको मंगलबार यातना सम्बन्धी मुद्दामा बयान लिइएकोमा आज प्रमाण नष्टको मुद्दामा बयान लिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए।

उनका अनुसार बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ। समय अपुग भएपछि शुक्रबार फेरि बहस हुने कार्यतालिका रहेको छ। बिहीबार भने होलीको सार्वजनिक विदा छ।

आज जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता देवराज भारती र सह न्यायाधिवक्ता मोहन जोशी तथा प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका थिए।

हाल पूर्व एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका छन्। उनी विरुद्ध दुईवटा मुद्दा परेकाले बहसका थप एकजना अधिवक्ता राख्न  भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell