PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जबर्जस्ती रंग दल्ने र मापसे गरी होहल्ला गर्ने ५० जना प्रहरी नियन्त्रणमा



जबर्जस्ती रंग दल्ने र मापसे गरी होहल्ला गर्ने ५० जना प्रहरी नियन्त्रणमा

जबर्जस्ती रंग दल्ने र मापसे गरी होहल्ला गर्ने ५० जना प्रहरी नियन्त्रणमा

 

काठमाडौं: फागु पूर्णिमा (होली)मा इच्छा विपरित जबर्जस्ती रंग दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ५०  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधवार दिउँसो ३ बजेसम्म ५० जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने,’ अरुको इच्छाविपरित होलीमा रंग दल्ने र होहल्ला गर्नेलाई नियन्त्रणमा लिएका हौं।‘

नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको थियो। झडपको क्रममा खुकुरी प्रहार हुदाँ दुई जना घाइते भएका छन्। खुकुरी लागी सौगात केसी र छत्र भण्डारी घाइते भएको छन्।

काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्वाइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ। होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

७७ जिल्लामै होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुत बनाइएको जनाएको छ।                                                                                                 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell