PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहानः दुई जना घाइते, एक जना प्रहरी नियन्त्रणमा



होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहानः दुई जना घाइते, एक जना प्रहरी नियन्त्रणमा
सांकेतिक फोटो

काठमाडौँ: नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको क्रममा खुकुरी प्रहार हुदाँ दुई जना घाइते भएका छन्।

होली खेल्दै गरेको भीडमा एक युवकले एक्कासि नाँगो खुकुरी ल्याएर प्रहार गरेका थिए। खुकुरी प्रहार गरेपछि पनि युवकसहितको टोलीले उनीहरुलाई लखेटेका थिए।

नजिकै प्रहरीको भ्यान पनि थियो। प्रहरीले घटना तत्काल नियन्त्रणमा लिएको थियो।

खुकुरी लागी सौगात केसी र छत्र भण्डारी घाइते भएको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए। प्रहरीले खुकुरी प्रहार गर्ने नेत्र बमलाई पक्राउ गरेको छ। ‘हामीले एक जनालाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी काफ्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell