PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्डोनेसियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो



इन्डोनेसियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो
फोटो :BBC

जाकार्ताः इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ। बाढी पहिरोका कारण करिब २०० जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

शनिबार आएको बाढीका कारण धेरै संख्यामा मानिसहरु बेपत्ता रहेको अधिकारीहरुले बताएका छन्। प्रकोपका कारण बेपत्ता र फसिरहेकाको उद्धारको प्रयास जारी रहेको बताइएको छ।

बाढीले दर्जनौ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुगेको छ।

बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ।

अधिकारीहरुले फेरी प्रकोपको सम्भावना रहेको भन्दै स्थानीयहरुलाई सचेत रहन आग्रह गरेका छन्।  रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell