PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुनेको मान्छेभित्रको अस्तित्वहीन प्राणी



पहिलोपोस्ट

सुनेको मान्छेभित्रको अस्तित्वहीन प्राणी

  • चक्रपाणी अधिकारी -

हिजाे तिमी बहादुर थियौ कि थिएनौं
मलाई थाहा थिएन
तर, आफूलाई
एकमात्र बहादुर भन्थ्यौ
अहिले लाग्छ,
तिमी  सर्वाधिक काँतर भएका छौ
कहिले  थर्कमान भएर अरिङ्गाल आह्वान गर्छौ 
'कहिले देश टुक्र्याउँछु' भन्दै डुक्रिनेसँग गला मिलाउँछौ
अनुहार परिवर्तन 
व्यवहार परिवर्तन
बाेली परिवर्तन 
राष्ट्र,राष्ट्रियता बारे तिम्रा धारणा परिवर्तन!
मैले देखेको,
मैले चिनेको
मैले सुनेको मान्छेभित्र 
अर्कोअस्तित्वहीन प्राणी रहेछ!
हिजो तिम्रो आह्वानमा 
गर्मी,भाेक,प्यास, प्राण बिर्सेर हिँडेकाहरू
आज चुकचुकाएका छन्।
अहिले तिम्राे बाेलीमा गीतको धून बज्दैन,
उखान तुक्काहरूमा राष्ट्र  झल्किँदैन

कर्कस आवाजले थर्काउन खाेज्छ,
काेही थर्किँदैन
आज,
तिम्राे राज्यमा बलात्कारीको राज बढ्याे
हत्यारा र भ्रष्टाचारीको शान बढ्याे 
'देश टुक्र्याउँछु' भन्नेकाे मान बढ्याे 
बढ्न त अरू के के बढ्याे - बढ्यो!
नेपालीहरूको दु:ख अझ बढ्याे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell