PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'नेताहरु कुरा सुनिरहेका छैनन्, किन पढ्नु?' भन्दै हड्तालमा बसेकी १६ वर्षीया ग्रेटा नोबेल शान्ति पुरस्कारका लागि मनोनित



'नेताहरु कुरा सुनिरहेका छैनन्, किन पढ्नु?' भन्दै हड्तालमा बसेकी १६ वर्षीया ग्रेटा नोबेल शान्ति पुरस्कारका लागि मनोनित
फोटो :REUTERS

जलवायु परिवर्तनप्रति नेताहरुलाई सचेत गराउन विद्यालय जान अस्वीकार गर्दै आम हड्तालमा बसिरहेकी १६ वर्षीय ग्रेटा थनबर्ग नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छिन्।

गत वर्षको अगस्त महिनादेखि स्वीडेनको संसद भवनअघि हड्तालमा बसेकी उनी जलवायु परिवर्तनका लागि लड्दै आएकाहरुका लागि 'ग्लोबल आइकन' बनेकी थिइन्।

 हड्ताल सुरु गर्दै उनले भनेकी थिइन्,' 'यदि राजनीतिज्ञहरु आसपासका गतिविधिप्रति सचेत छैनन् भने विद्यालयमा मात्र गएर पढ्नु कुनै अर्थ हुँदैन।'

सम्बन्धित समाचार:  'नेताहरु कुरा सुनिरहेका छैनन्, किन पढ्नु?'

ग्रेटाले सुरु गरेको अभियानलाई पछिल्लो चरणमा युरोपेली र एसियन राष्ट्रका विद्यार्थीहरुले समर्थन गर्दै आएका छन्।

ग्रेटालाई मनोनयन गर्दै नर्वेका सोसिलियस्ट पार्टीका नेता फ्रेडी एन्ड्रिउले भने,' यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने त्यसले द्वन्द र आप्रवासी संकट बढाउनेछ। त्यसैले हामीले ग्रेटालाई मनोनयन गरेका हौ।'

मनोनयन पछि ट्वीट गर्दै ग्रेटाले आफू शान्ति पुरस्कारका लागि मनोनयनमा पर्दा सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन्।

 

ग्रेटाले गत वर्षको डिसेम्बरमा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिँदै 'तिमीहरुले चाहे पनि नचाहे पनि परिवर्तन आउनेछ' भन्दै विश्व नेताहरुलाई चुनौती दिएकी थिइन्।

उनले त्यसबेला सामाजिक संजालमा लेखेको लेख निकै चर्चित भएको थियो। उनी लेख्छिन्  'धेरै मानिसहरु केही प्रयास नगरी वा केही त्याग नै नगरी हामी यो संकट समाधान गर्न सक्छौं भन्ने कुरामा विश्वास गर्छन्।.. मेरो आन्दोलनको  राम्रो पक्ष भनेको कतिको संख्यामा मान्छेहरु आउँछन् र यस कार्यमा संलग्न हुन्छन् भन्ने हेर्नु हो। विद्यालयमा मैले समस्या भोग्नु परे मलाई मतलब छैन। मलाई विश्वास छ कि एक व्यक्तिले विश्वमा फरक पार्न सक्छ, परिवर्तन ल्याउन सक्छ।' 

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना मनोनयनमा परेको बताइएको छ।

सन् २०१४ मा पाकिस्तानकी मलाला युसुफजाइले सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाएकी थिइन्। तालिबानको दबदबा रहेको क्षेत्रमा बालबालिकाहरुको शिक्षाका लागि आवाज उठाएकी मलालालाई १७ वर्षेको उमेरमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell