PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा, लगातार दुई हारपछि माल्दिभ्स बाहिरियो



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा, लगातार दुई हारपछि माल्दिभ्स बाहिरियो

विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ।

विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत शुक्रवार भएको समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पारजित गरेपछि यस समूहबाट भारत र श्रीलंका सेमिफाइनल पुगेका छन्। यस्तै समूह ए बाट नेपाल र बंगलादेशले अन्तिम चारमा स्थान बनाएका छन्।

यसअघि भारतसँग पहिलो खेलमा ६-० ले पराजित भएको माल्दिभ्स भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ।

शहिद रंगशामा भएको खेलामा श्रीलंकालाई जित दिलाउन चालानी कुमारी इकानायाकेले दुवै गोल गरिन्। उनले ४०औँ र ५०औँ मिनेटमा गोल गरेकी थिइन्।

अब भारत र श्रीलंकाबीच आइतवार समूह चरणको अन्तिम खेल हुनेछ। त्यसबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

यसअघि नै समूह ए बाट घरेलु टोली नेपाल र माल्दिभ्सले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन्। दुवै टिमले भुटानलाई पराजित गरेको थियो।

नेपाल र बंगलादेशबीच शनिवार समूह ए को अन्तिम खेल हुँदैछ। उक्त खेलले समूह विजेताको निर्णय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell