PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भूमध्यसागरमा ४५ जना आप्रवासीको मृत्यु



भूमध्यसागरमा ४५ जना आप्रवासीको मृत्यु
फाइल फोटो: THE INDEPENDENT

राबात :  डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ।

आप्रवासीका लागि मानवीय सेवामा सक्रिय संस्था वाकिङ् बोर्डर्सका हेलेना मालेनोले डुङ्गा दुर्घटनाबाट उनीहरुको मृत्यु भएको पुष्टि गरेको हो।अधिकारीहरुले समुद्रबाट २१ जना आप्रवासीलाई उद्धार गरिएको जनाएका छन्।

डुङ्गामा करिब १३ जना महिला रहेको र तीमध्ये अधिकांश गर्भवती रहेको मालेनोले बताइन्।

उक्त सूचनालाई मोरक्को सरकारले पुष्टी गरिसकेको छैन।

युरोपेली युनियनका अनुसार स्पेनको बाटो हुँदै धेरै आप्रवासी युरोप प्रवेश गर्दछन्। गत वर्ष ५७ हजार भन्दा बढी आप्रवासी स्पेन हुँदै युरोप प्रवेश गरेका थिए। उनीहरु मोरक्को हुँदै भूमध्यसागरको कठिन यात्रा गरेर स्पेन पुग्छन् ।

गत वर्ष भूमध्यसागर पार गर्नेक्रममा डुङ्गा दुर्घटना हुँदा करिब दुई हजार ३०० व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन कार्यालयले जनाएको छ। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell