PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

न्यूजिल्याण्डका मस्जिदहरुमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, चार जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

न्यूजिल्याण्डका मस्जिदहरुमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, चार जना प्रहरीको नियन्त्रणमा
नक्सा : सिएनएन

न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा रहेका मस्जिदहरुमा आक्रमण हुँदा मर्नेहरुको संख्या ४९ पुगेको न्यूजिल्याण्डका पुलिस कमिसनर माइक बुसले बताएका छन्। उनले आक्रमण निकै योजनावद्ध रुपमा गरिएको बताए। 

हालसम्म यो घटनाबारे थाहा भएका तथ्य

  • स्थानीय समय अनुसार दिउँसोको करिब १ बजेर ४० मिनेटमा सशस्त्र हतियारधारीहरुले क्राइस्टचर्चका दुई मस्जिदहरुमा आक्रमण गरे। 
  • प्रहरीले तत्काल सहरमा लकडाउन गर्‍यो। स्कूल र सरकारी भवनहरु बन्द गरिए। 
  • प्रहरीले केही समयमा नै आक्रमणमा संलग्न भएको आशंकामा चार जनालाई गिरफ्तार गरेको बतायो- तीन पुरुष र एक महिला। पक्राउ पर्ने मध्ये एकजनाले 'आत्मघाती भेष्ट' लगाएको अवस्थामा नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्। 
  • आक्रमणको फेसबुकमा लाइभ गरिएको भनिएको छ। फेसबुकले त्यो पोस्ट हटाइसकेको छ।
  • आक्रमणकारीमध्येको एक जना ठानिएकाले सोसल मिडियाको आफ्नो अकाउन्टमा ८७ पेजको मेनिफेस्टो राखेको थियो जसमा आप्रवासीविरोधी र मुस्लिमविरोधी कुराहरु थिए।
  • न्युजिल्यान्डका प्रधानमन्त्रीका अनुसार आक्रमणकारीहरुका कारहरुमा बम भेटिएका थिए। त्यसलाई सुरक्षा दस्ताले निस्क्रिय बनाएको छ।
  • आक्रमण कसले गरेको भन्नेबारे थाहा भएको छैन। तर ती मध्ये एक जना अस्ट्रेलियाको नागरिक भएको भनिएको छ। 
  • यो समाचार तयार पार्दासम्म क्राइस्टचर्चका स्कूलहरुमा गरिएको लकडाउन खुला गरिसकिएको छ र त्यहाँ रहेका विद्यार्थीहरु आफ्ना अभिभावकसँग गइसकेका छन्। 
  • शुक्रबारको प्रार्थनाका लागि क्राइस्टचर्चमा रहेको मस्जिद जाँदै गरेको बंगलादेशी क्रिकेट टोली भने गोली काण्डबाट  बंचेको बताइएको छ। उनीहरु मस्जिद नपुग्दै आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। आक्रमणपछि टोलीलाई सुरक्षित स्थानमा लगिएको थियो छ। (सिएनएन)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell