PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ब्राजिलको विद्यालयमा आत्मघाती आक्रमण, ८ जनाको मृत्यु



ब्राजिलको विद्यालयमा आत्मघाती आक्रमण, ८ जनाको मृत्यु
फोटो: EPA

साओ पाउलो : ब्राजिलको साओ पाउलो शहरमा रहेको एउटा विद्यालयमा गोली चल्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

बुधबार भएको सो घटनामा परी पहिला पाँच जनाको मृत्यु भएको बताइएको थियो।

साओ पाउलोमा रहेको राउल ब्रसिल इलिमेन्टरी स्कुलमा दुई युवकले गोली प्रहार गरेको बताइएको छ। मास्क लगाएर विद्यालय प्रवेश गरेका उनीहरुले बन्दुक, चक्कु लगायतका हतियार बोकेका थिए।

आक्रमणकारीहरुले आक्रमणपछि आत्महत्या गरेको बताइएको छ। आक्रमण गर्ने दुई युवक सोही विद्यालयका पूर्व विद्यार्थी रहेको र आक्रमणको कारण पत्ता नलागेको बताइएको छ।

गोली लागेर मृत्यु हुनेमा ६ जना विद्यार्थी र दुई जना शिक्षक रहेको बताइएको छ।

घटनामा करिब २० जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell