PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्ट्रेलियामा धारिलो हतियारबाट मोबाइलले बचायो ज्यान



अस्ट्रेलियामा धारिलो हतियारबाट मोबाइलले बचायो ज्यान
फोटो : NSW POLICE

तपाईहरु मोबाइल फोनको  प्रयोग केका लागि  गर्नुहुन्छ? कुरा गर्न,मेसेज गर्न, सामाजिक संजाल चलाउन वा अन्य केही।

अस्ट्रेलियाको ब्रिसबेनमा भने मोबाइल फोनले गर्दा एक व्यक्तिको ज्यान बचेको छ।

बुधबार अस्ट्रेलियामा ४३ वर्षे एक व्यक्तिमाथि चिनेकै मान्छेले धारिलो हतियार प्रहार गरेको थियो।

धारिलो हतियार प्रहार गर्ने व्यक्तिले गरेको हर्कत कैद गर्नका लागि अर्को व्यक्तिले आफ्नो मोबाइल उठाउँदा त्यसबाट उसको ज्यान बचेको हो।

मोबाइल फोनमा सो धारिलो हतियार ठोकिएको र मोबाइल बोकेको व्यक्तिलाई सामान्य चोट लागेको प्रहरीले बताएको छ।

हतियार प्रहार गर्ने ३९ वर्षे व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell