PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बन्द अवज्ञा गरेको भन्दै कैलालीको मसुरीयामा विप्लव समूहले जलायो विवाहको गाडी, तीन जना पक्राउ



एम बम

बन्द अवज्ञा गरेको भन्दै कैलालीको मसुरीयामा विप्लव समूहले जलायो विवाहको गाडी, तीन जना पक्राउ

कैलालीः कैलालीको मसुरियामामा विप्लवका कार्यकर्ताले विवाहको गाडीमा आगजनी गरेका छन्। कैलालीको भजनीमा जन्ती पुर्‍याएर फर्किँदै गरेको गाडीमा गौरीगंगा नगरपालिकाको मसुरीयामा आगजनी गरिएको हो।

बिहान करिब तीन बजेतिर म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ। आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ।

उता घोडाघोडी नगरपालिकाको साडेपानीमा पनि विप्लव समूहले ट्रक माथि तोडफोड गरेका छन्। हेटौडा बाट धनगढीको लागी छुटेको ना ७ ख ५४० नम्बरको माल बाहक ट्रक माथि राति ३ बजे तोडफोड गरिएको जनाइएको छ। तोडफोडबाट ट्रकको अगाडीको सिसा फुटे पनि अन्य भागमा कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

शंकास्पद वस्तु फेला

कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा शङ्कास्पद बस्तु समेत फेला परेको छ। साडेपानिमा रहेको इलाका वन कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

बोराले बेरेको बियरको बोतल जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ। अहिले त्यस क्षेत्रको वरिपरि उच्च सतर्कता अपनाएको बताइएको छ । बम हुन सक्ने अनुमान प्रहरीले लगाएको छ।

तीन जना पक्राउ

प्रहरीले गाडी रोकेर जलाइ दिन्छौँ भन्ने तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। कैलालीको गोदावरीमा पहाडबाट तराई आउँदै गरेका गाडीलाई रोकेर जलाइदिन्छौँ भन्ने तीनजनालाई नियन्त्रणमा लिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। 

पक्राउ पर्नेमा कञ्चनपुरको बेतकोट नगरपालिकाका कोषराज भट्ट, भीमदत्त नगरपालिकाका सुशिल चन्द र डोटीको बुडरका धन बहादुर बम रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell