PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकाद्वारा विवादित बोइङ ७३७ म्याक्स विमानमा रोक लगाउन अस्वीकार



अमेरिकाद्वारा विवादित बोइङ ७३७ म्याक्स विमानमा रोक लगाउन अस्वीकार
फोटो : ANADOLU AGENCY

वासिङटन : अमेरिकाको फेडरल एभिएसन अथोरिटी 'एफएए' ले बोइङ ७३७ म्याक्सको उडान नरोक्ने बताएको छ।

गत आइतबार इथियोपियन एयरलाइन्सको सो मोडेलको विमान दुर्घटना भएपछि अमेरिकी सिनेटर र विमान क्षेत्रका कामदारहरुले विमान 'ग्राउन्डेड' गर्न दबाब दिइरहेको बेला अमेरिकी निकायले अस्वीकार गरेको हो।

एफएएले हालसम्म 'कुनै प्रकारको प्राविधिक खराबी नदेखिएको' भन्दै विमान ग्राउन्डेड गर्ने कुनै आधार नरहेको स्पष्ट गरेको छ।

 

 

आइतबार इथियोपियाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको म्याक्स ७३७ मोडेलको बोइङ विमान उडेको केही मिनेटमै दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार एक नेपाली सहित १५७ जनाकै मृत्यु भएको थियो।

विमानमा ३५ देशका नागरिकहरु सवार थिए भने केहीले संयुक्त राष्ट्रसंघको राहदानी प्रयोग गरेका थिए।

पछिल्लो पाँच महिनामा ७३७ म्याक्स ८ मोडेलको विमान दुईपटक दुर्घटना भइसकेको छ। गत अक्टोबरमा लायन्स एयरको सोही मोडेलको विमान दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार १८९ जनाको मृत्यु भएको थियो।

विश्वभर सो मोडेलको ३५० विमानहरुले व्यवसायिक उडान गरिरहेको छ। २०१७ बाट व्यवसायिक उडान सुरु गरेको उक्त अमेरिकी बोइङ विमान पाँच महिनामा दुईपटक दुर्घटनामा भएपछि सो मोडेलको विमानको सुरक्षालाई लिएर प्रश्न उठेको हो। दुर्घटनाका कारण भारत, सिंगापुर,चीन इथियोपिया, इन्डोनेसिया, बेलायत, आयरल्यान्ड, जर्मनी , न्यूजिल्यान्ड,हङकङ, भियतनाम, केमन टापुको केमन एयरलाइन्स लगायतले पनि वोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकेको छ।

विश्वभर वोइङ ७३७ म्याक्स ८ विमानमाथि प्रतिबन्ध लगाइदा अमेरिकामा पनि यस विषयमा व्यापक छलफल भइरहेको बताइएको छ।

डेमोक्रेटबाट आगामी राष्ट्रपति निर्वाचनमा प्रत्याशीका उम्मेदवार मानिएका एलिजावेथ वारेनले एफएएले अरु राष्ट्रले बोइङमा लगाएको प्रतिबन्धलाई आत्मसाथ गर्दै अमेरिकी आकाशबाट विवादित मोडेलको विमान हटाउनुपर्ने तर्क गरेकी छिन्।

रिपब्लिकन सिनेटरहरुले समेत एफएएले यात्रुहरुको सुरक्षालाई ध्यान दिँदै दुर्घटनाको कारण पत्ता नलागेसम्म म्याक्स ७३७ विमान 'ग्राउन्डेड' गर्न एफएएसँग माग गरेको छ।

तर एफएएले भने अरु एयरलाइन्सले बोइङमा देखिएको समस्याका बारे आफूहरुलाई नदिएकोले तत्काल 'एक्सन' लिने अवस्था नरहेको उल्लेख गरेको छ।

अमेरिकी बोइङ निर्माता कम्पनीले केही महिनादेखि सो मोडेलको विमानका लागि 'फ्लाइट कन्ट्रोल सफ्टवेयर इन्ह्यान्समेन्ट' प्रविधि विकास गरिरहेको पुष्टि गरिसकेको छ। कम्पनीले विमान उडाउन सुरक्षित रहेको समेत दाबी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell