PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इयूबाट बाहिरिने प्रस्ताव दोस्रोपटक पनि बेलायती संसदबाट अस्वीकृत



पहिलोपोस्ट

इयूबाट बाहिरिने प्रस्ताव दोस्रोपटक पनि बेलायती संसदबाट अस्वीकृत
Photo: wsj.com

युरोपेली संघ (इयू) बाट बाहिरिने सम्बन्धी प्रस्ताव (बेक्जिट) बेलायती संसदले दोस्रो पटक अस्वीकृत गरेको छ। प्रधानमन्त्री थेरेशा मे’ले संसद्मा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो।

गत जनवरीमा पनि प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको थियो।

संशोधित प्रस्ताव पनि भारी मतान्तरले अस्वीकृत भएपछि प्रधानमन्त्री मे अप्ठ्यारोमा परेकी छन्। मार्च २९ सम्म बेक्जिटबारे निर्णय लिनुपर्ने भए पनि ठोस परिणाम आउन सकेको छैन।

संसदमा प्रधानमन्त्री मे’को प्रस्ताव १४९ मतले अस्वीकृत भयो। प्रस्तावको पक्षमा २४२ र विपक्षमा ३९१ मत परेको थियो।

संशोधित प्रस्तावमा प्रधानमन्त्री मेले प्रस्तावको पक्षमा मतदान गर्न वा ब्रेक्जिट नै खारेजीका गर्न आग्रह गरेकी थिइन।

गत जनवरी १६ मा पनि बेलायती संसदमा बेक्जिटबारे मतदान भएको थियो। त्यसबेला पनि प्रधानमन्त्री मेले बेलायतलाई युरोपियन युनियनबाट बाहिरिनका लागि गरेको ब्रेक्जिट प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरिदिएको थियो।

उक्त प्रस्तावका पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परेको थियो। मेकै पार्टीका सांसदहरुले समेत उनको प्रस्ताव विरुद्ध मतदान गरेका थिए।

प्रस्ताव अस्वीकृत भएपछि मेले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्नुपेको थियो। तर उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित भने भएन।

अब बुधबार पनि संसदमा मतदान हुनेछ। बुधबार भने बिना सम्झौता बेलायत इयूबाट बाहिरिनु पर्छ वा पर्दैन भन्ने विषयमा मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell