PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रानीपोखरी पुनर्निमाणका लागि खटिए कामदार, यसरी चल्दैछ सफाइ

रानीपोखरी पुनर्निमाणका लागि खटिए कामदार, यसरी चल्दैछ सफाइ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निमाणका लागि खाली गरिएको रानीपोखरी पुनर्निमाणको सुरसार बल्ल गरिएको छ। 

सोमबारबाट रानीपोखरी निर्माणका लागि कामदार खटाइएको छ। उनीहरुले रानीपोखरी निर्माणस्थलमा रहेका झार जलाउनेदेखि लिएर फोहोर संकलन गर्ने काम गरिरहेका छन्। रानीपोखरी पुनर्निर्माणमा ४० जना कामदार खटिएका छन्। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले आवश्यकताअनुसार कलिगढको पनि व्यवस्था गरिने बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताएका छन्। 

भक्तपुरको सहयोग

काठमाडौँको रानी पोखरी पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाले प्राविधिक जनशक्ति सहयोग गर्ने भएको छ। राससका अनुसार रानीपोखरी पुनःनिर्माणको जिम्मा लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीको आग्रहअनुरुप भक्तपुर नगरपालिकाले प्राविधिक जनशक्ति सहयोग गर्न लागेको हो।

भक्तपुर नगरपालिका–१ कार्यालयले आयोजना गरेको उपभोक्ता समितिहरुको भेला तथा छलफल कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरु सबैको साझा सम्पदा भएको र यसको संरक्षण तथा संवर्द्धन गर्नु पनि सबैको साझा दायित्व भएको बताए। 



ट्रेन्डिङ पोस्ट

Ncell