PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्वअर्थमन्त्री अधिकारीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने



पहिलोपोस्ट

पूर्वअर्थमन्त्री अधिकारीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आज अन्त्येष्टि गरिँदै छ।

काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ।

त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell