PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाकिस्तानी कुटनीतिज्ञलाई सोधियो स्पष्टीकरण, पाकिस्तानी हिरासतमा रहेका वायु सेनाका अधिकारीलाई रिहा गर्न भारतको माग



पाकिस्तानी कुटनीतिज्ञलाई सोधियो स्पष्टीकरण, पाकिस्तानी हिरासतमा रहेका वायु सेनाका अधिकारीलाई रिहा गर्न भारतको माग
फोटो: mailonline

भारत र पाकिस्तानबीच तनाब बढ्दै जाँदा भारतले पाकिस्तानी कुटनीतिज्ञलाई विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधेको छ। भारतीय विदेश मन्त्रालयले पाकिस्तानका कार्यवहाक उच्च आयुक्तलाई सैयद हैदर साहलाई साथ ब्लकमा बोलाएर स्पष्टीकरण सोधेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

बुधवार विहान पाकिस्तानले भारतीय वायु सेनालाई खसालेको एक पाइलटलाई नियन्त्रणमा लिएको दाबी गरेसँगै भारतले पाकिस्तानी उच्च आयुक्तलाई बोलाएर स्पष्टीकरण लिएको हो।

‘पाकिस्तानी एरफोर्सले भारतीय एयर स्पेस उल्लंघन गर्दै भारतीय सैनिक पोष्टहरुमा लक्ष्य साँधेको तथा आज विहान पाकिस्तानले गैर जिम्मेवार पूर्ण आक्रमक अभिव्यक्ति दिएको सम्बन्धमा पाकिस्तानका कार्यवहाक उच्च आयुक्तसँग दिउसो स्पष्टीकरण लिइएको छ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानको यो कदम भारतको आतंकवाद लक्षिण गरी जेइएमको आतंकवादी क्याम्प बालाकोटमा मंगलवार भएको आक्रमण प्रति लक्षित भएको समेत दाबी गरेको छ।

‘आतंकवाद विरुद्ध लड्ने तथा पाकिस्तानी भूमिलाई आतंकवादी समूह तथा व्यक्तिको आश्रयस्थल हुन रोक्ने आफ्नो अन्तर्राष्ट्रिय मान्यता र द्वीपक्षिय प्रतिवद्धता पूरा गर्नको साटो पाकिस्तानले भारतविरुद्ध आक्रमणक गतिविधि गर्नु दुर्भाग्य पूर्ण छ,’ वक्तव्यमा भनिएको छ।

पाकिस्तानी उच्च आयुक्तलाई भारतले आफ्नो राष्ट्रिय स्वतन्त्रताको रक्षा, सार्वभौमिकता तथा सीमा पार आतंकवादी गतिविधि रोक्नका लागि भारतसँग अधिकार रहेको र त्यसका लागि आवश्यक कार्य गर्ने स्पष्ट पारेको छ।

साथै भारतले घाइते भारतीय एयर फोर्सका जवानको विभत्स तस्विर सार्वजनिक गरी अन्तर्राष्ट्रिय कानुन र जेनेभा अभिसन्धीको उल्लंघन गरेको भन्दै विरोधसमेत गरेको छ। भारतले आफ्ना वायु सेनाका जवानको पाकिस्तानी हिरासतमा मानवीय व्यवहार गर्न र तत्काल सुरक्षित फिर्ता गर्नसमेत माग गरेको छ।

यसअघि पाकिस्तानले पनि भारतीय कार्यवहाक उच्च आयुक्तलाई विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधेको थियो। भारतले एलओसी पार गरी मोजफ्रवादमा भारतीय सेनाले आक्रमण गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell