PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हरियो रेलको ६० घण्टा लामो ‘इपिक जर्नी’ : किन रेल नै प्रयोग गर्छन उत्तर कोरियाली नेता?



पहिलोपोस्ट

हरियो रेलको ६० घण्टा लामो ‘इपिक जर्नी’ : किन रेल नै प्रयोग गर्छन उत्तर कोरियाली नेता?
फोटो : द न्युयोर्क टाइम्स

काठमाडौं : उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताका लागि रेल यात्रामा छन्। 

शनिवार उत्तर कोरियाको राजधानी प्योङयाङबाट रेल यात्रा सुरु गरेका किम सोमवार मात्र भियतनाम पुग्ने बताइएको छ। यसबीच आइतबार किम चिनियाँ भूमिमा आफ्नो सुविधासम्पन्न रेलमा यात्रा गरिरहेका हुने छन्। 

उनी शनिबार राती नै चिनियाँ भूमि प्रवेश गरेका हुन्। आइतबार बिहान उनी बेइजिङ पुगेको बताइएको छ।

 उनी चीन प्रवेश गर्दै गर्दा उत्तरी चिनियाँ शहर दानदोङमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। चीनको उत्तर कोरिया सीमावर्ती शहरका होटेलहरु बन्द गरिएका थिए। 

किम चढेको रेल चीन प्रवेश गर्ने पुलमा देखा परेको थियो। पुल तिर फर्किएका होटलका पाहुनालाई शुक्रवार नै होटलबाट विदा  गरिएको थियो। 
चीन र उत्तर कोरियालाई छुट्याउने यालु नदी किनारमा रहेको जोङलिन होटल शनिवार बन्द गरिएको थियो। 

रेलमार्ग आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो। यसअघि किमको पहिलो बेइजिङ भ्रमणका क्रममा पनि रेल स्टेसन खाली गरिएका थिए। यसपटक पनि त्यस्तै गरी सुरक्षा व्यवस्था कडा पारिएको समाचारमा जनाइएको छ।

सीमा पार गर्दै गर्दा सीमा नदीमाथिको पुलमा रेल मन्द गतिमा पार कगरेको थियो। रेलका सिसाहरु काला थिए। र रेल पुल पार गर्दा हेडलाइट मात्र बालिएका थिए। 

इपिक जर्नी

किमको यो भ्रमण भियतनामको सद्भाव भ्रमण पनि हो। त्यसैले ट्रम्पसँगको वार्ताको पाँच दिन अगाडि नै उनी देश छाडेका हुन्। 

किम भियतनाम जाँदै गर्दा चिनियाँ भूमिमा यात्रा गर्ने छन्। यद्यपी उनी वेइजिङमा रोकिने छन् की छैनन् भन्ने खुलाइएको छैन। 

यद्यपि उनको यो रेल यात्रा कठिन पनि हुने छ। चीनको उत्तरी हिउ जम्ने क्षेत्रबाट सुरु भएको यात्रा भियतनाम मौसममा पुग्दा केही समस्या हुन सक्छ।

 उनको यात्राको उत्तम रुट बेइजिङ क्वान्चाउ रुट हुने चीनको वेइजिङ जियाओतङ विश्वविद्यालयमा चीनको रेलवे सिस्टम बारे अध्ययन गरेका चाव च्यानले भनेका छन्। त्यस्तै उनी सिधा दक्षिण सीमा तिर लाग्ने र त्यहाँबाट पूर्व क्वाङसी प्रान्त लाग्ने जुन भियतनामको सीमा पनि हो। 

यसअघि किम दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँगको भेट अघि र ट्रम्पसँगको पहिलो शिखर सम्मेलन अगाडि चिनियाँ राष्ट्रपति सी जिङ पिङसँग भेट गर्न बेइजिङ पुगेका थिए। 

उनको भियतनाम प्रवेशलाई लिएर भियतनाममा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

किम भियतनाम प्रवेश गर्ने चिनियाँ सीमावर्ती शहर दोङदाङ शहरको रेल स्टेशन खाली गरिएको छ। भियतनामको सडक विभागले रेल स्टेशन जोड्ने सडकहरु बन्द गरिएको जनाएको छ। स्टेशन आसपासका सडकमा ठूला ट्रक प्रतिबन्ध गरिएको छ। 

रेल स्टेशनमा भियतनामी सैनिकहरुले किमको स्वागतको तयारी गरिरहेका छन्। 

किमको रेल यही स्टेसनमा रोकिने छ। यहाँबाट भने किम सडक यात्रा गर्ने जनाइएको छ। किमले हानोइसम्म १७० किलोमिटर कारमा यात्रा गर्ने छन्। उनको यात्रा अवधिका लागि सो सडक खण्ड बन्द गरिएको छ। यो सडक खण्ड सोमवार स्थानीय समय अनुसार साँझ ७ बजे देखि आंशिक बन्द हुने र मंगलवार विहान ६ बजे देखि २ बजेसम्म पूर्णरुपमा बन्द हुनेछ। 

यता भियतनामको लाङ सन राज्यको जन कमिटीले आइतबार देखि शुक्रवार सम्म सडक बन्दको आह्वान गरेको छ। उनको सुरक्षाको लागि भन्दै यस्तो आह्वान गरिएको छ। 

उनी रेल यात्रामै भियतनामसम्म पुग्छन् की बीचबाट विमानमा चढ्छन् भन्ने खुलेको छैन। 

गत वर्ष सिङगापुर वार्ताका लागि किम भाडामा लिइएको चिनियाँ विमान प्रयोग गरेका थिए। यदी उनले पूरै यात्रा रेलबाट गरे भने करिब ४ हजार किलोमिटरको रेलयात्रा हुने छ। 

किन रेल यात्रा रोज्छन् उत्तर कोरियाली नेता?

उत्तर कोरियाली नेताहरु प्रयाय विदेश यात्राका लागि रेलको प्रयोग गर्छन्। सन् २०११ मा उत्तर कोरियाको सत्तामा आएपछि किमको यो सातौँ विदेश यात्रा हो। उनी चार पटक चीन, दुई पटक दक्षिण कोरिया र एक पटक सिङगापुर पुगेका छन्। 

उनले दक्षिण कोरियाको दुबै यात्रा रेलमा गरेका थिए। त्यस्तै चीनको तीन यात्रा रेलमा रेलमै भएका थिए। पछिल्लोपटक जनवरीमा किम हरियो रेलमै बेइजिङ पुगेका थिए। यसपटक पनि किमको रोजाईमा रेल नै परेको छ। 

हजुरबाको पदचापमा किम

रेल यात्रा गर्ने किमको परिवारको परम्परा नै हो। उनका हजुरबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङले पूर्वी युरोपको यात्रा गरेका थिए। उनले सन् १९८४ मा रेलमार्फत आफ्नो लामो यात्रा तय गरेका थिए। 

उनले सोभियत युनियनसँगै पोल्याण्ड, पूर्वी जर्मनी, चेकोस्लोभाकिया, हंगेरी, युगोस्लाभिया, बुल्गेरिया र रोमानियाको यात्रा एकैपटक रेलमार्फत गरेका थिए। यो यात्राका क्रममा उनको रेलसँगै अर्को रेल पनि यात्रा गरेको थियो। त्यसले रेलका चक्काहरु, एक्सल, बुगिज र फरक साइजका गेज बोगेको थियो। 

उनी धेरै विदेश यात्रा गर्ने उत्तर कोरिया नेता मानिन्छन्। किम इल सङ पहिलोपटक १९४९ मा कोरियाली प्रायद्वीपको विभाजनको पक्षमा मत लिन रुस सोभियत नेत जोसेफ स्टालिनलाई भेट्न मस्को पुगेका थिए। त्यस्तै उनी १९६१ मा पुन मस्को पुगे। 

किम त्यतिवेला असंलग्न राष्ट्रहरुको अभियानका प्रभावशाली नेता थिए। उनले सन् १९६५ मा एसिया तथा अफ्रिकी मुलुकहरुको भ्रमणसमेत गरेका थिए। 

१९९० मा किमले चीनको गोप्य भ्रमण गरेका थिए। 

किमका पिता पनि रेल यात्रालाई नै रोजाइमा राख्थे। किमका पिता हवाइ यात्रामा डराउँथे। त्यसैले पनि उनी विदेश यात्रा कम गरे। उनले चीन र रुसको यात्रा आर्मोड रेलमा गरेका थिए। 

उनको लामो यात्रा सन् २०११ मा चीनको यात्रा थियो। उनले त्यस क्रममा ६ हजार किलोमिटरको यात्रा गरेका थिए। जुन बेइजिङ नानचिन र सांघाइ सम्म थियो। 

त्यतिवेला किम जोङ उन पनि आफ्ना बाबुको साथमा थिए। 

उनी सन् २००१ मा पनि रेल मार्फत रुस पुगेका थिए। त्यस्तै सन् २०११ मा पुन उनी रेलमार्फत मस्को पुगे। उनले त्यतिवेला तत्कालिन राष्ट्रपति डिमत्रि मेडभेडभसँग भेट गरेका थिए। 

मस्कोमा उनी पुग्दा रेल स्टेसन आसपासका घरका बासिन्दालाई घरभित्रै बस्न र बाहिन नहेर्न निर्देशन दिइएको थियो। 

किम जोङ इनको सन् २०११ मा डिसेमबरमा रेलयात्राकै क्रममा मृत्यु भएको थियो। 

किम इल सङ र किम जोङ इलका यस्ता भ्रमणहरुलाई प्योङयाङमा जहाँ उनीहरुको शरीर राखिएको छ त्यहाँ किम जोङ इलको डेस्कमा म्याकिन्टोस कम्युटरमा देखाइन्थ्यो। 

यसरी उत्तर कोरियाली नेताहरु रेलको रोजाइमा पर्नुलाई आत्मनिर्भर हुन चाहेको दक्षिण कोरियाको नर्थकोरियन स्टडिजका जेयोङ योङ ताइ बताउँछन्। 'बेइजिङले दिएको विमान भन्दा रेलयात्रा सुरक्षित हुन सक्ने र अर्को कुरा चीनले दिएको विमान भन्दा आफ्नै रेल चढेर प्योङयाङले आत्मनिर्भर हुन खोजेको संकेत दिएको हुन सक्छ।'  

किमको हरियो रेल

किमको परिवारले प्रयोग गर्ने रेल सुरक्षित र सुविधा सम्पन्न छ। उत्तर कोरियाको स्थापनासँगै किम परिवारले प्रयोग गर्ने रेल उच्च सुरक्षा सुविधासहितको निजी रेल हो।

सबै आर्मोड रेल कारमा आधुनिक सञ्चार उपकरण, स्याटेलाइट फोनको सेवा पनि छ।  

यो रेल ६० किलोमिटर प्रतिघण्टाको दरमा कुद्छ। पहिलो रेल रेल लाइनको सेफ्टी चेक गर्दै हिड्छ। बीचमा रहेको रेलले नेतालाई बोक्छ। जुन अघिल्लो रेलको २० मिनेट देखि एक घण्टा ढिलो हुन्छ। त्यस्तै तेस्रो रेल अन्य आवश्यक सुरक्षा अधिकारीहरु, टोलीका अन्य नेताहरु, सञ्चारका सामाग्रीहरु र अन्य अत्यावश्यक सामाग्री बोक्छ। 

विदेश यात्राका क्रममा रेलको गेज परिवर्तन पनि हुन्छ। रेलका चक्का र गेजहरु पनि रेलले नै बोकेर हिड्छ। 

यो रेलभित्रै सानो कन्फ्रेन्स रुम, रेस्ट रुमका साथै बेडरुम पनि उपलब्ध छ। जसले किमको यात्रालाई आरामदायी बनाउने छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell